837
Shares
काठमाडौं : यूएईसँग आज भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियाेगितामा नेपाली टोली ३ विकेटले पराजित भएको छ । नेपालले दिएको ११४ रनको लक्ष्य यूएईले ७ विकेट खर्चेर सजिलै पूरा गरेको हो ।
दोस्रो ईनिङमा ब्याटिङ गरेको यूएईले ३२. १ ओभरमा ७ विकेट गुमाउँदै आफ्नो लक्ष्य पूरा गरेको हो । नेपाली टोलीको बलिङको क्रममा यूएईका मोहम्मद बोना, घुलाम शब्बेर, सैमन अनवार, मोहम्मद उस्मान, अस्फाक अहमद, फाहाड नवाज र चिराग सुरी आउट भए ।
नेपालका लागि कप्तान पारस खड्का, सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले विकेट लिएका थिए । टस हारेपछि ब्याटिङ गरेको नेपालले पहिलो ईनिङमै राम्रो प्रदर्शन गर्न सकेको थिएन ।