२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कुन्दन काफ्लेसहित नेविसं‌घका ५५ नेता पक्राउ

1179 Shares
Spread the love

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री कुन्दन काफ्लेसहित ५५ नेता पक्राउ परेका छन्।  संसद्‍को बहुमतले पारित गरेको राष्ट्रिय चिकित्सा विधेयक विरुद्धमा उत्रिएका उनीहरुले राजधानीमा सरकारी गाडी तोडफोड गर्न थालेपछि प्रहरीले पक्राउ गरेको हो।

आफूसहित ५५ जनालाई पक्राउ गरेर महेन्द्र पुलिस क्लब राखिएको  काफ्लेले बताए।  प्रतिनिधिसभाले कांग्रेसको अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरेपछि नेविसंघ आन्दोलित भएको हो।

सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई विधेयक पेश गर्ने अनुमति दिएका थिए।  विधेयक पारित हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद् भने रोष्टम घेराउ गरेर नाराबाजी गरेका थिए।

प्रतिक्रिया