२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

फेरि चर्चामा तनुश्री दत्ता, अदृष्य शक्तिले नानासहितका मनिसको सर्वनाश गर्ने दाबी

1594 Shares
Spread the love

मुम्बई। गत वर्ष बलिउडसहित आम मानिसलाई समेत सोच्न बाध्य बनाएको मी छू अभियानकी ‘जननी’ भनिने बलिउड अभिनेत्री तनुश्री दत्ता अमेरिकाबाट मुम्बई फर्किएकी छन्। तर उनको आरोपको सिलसिला भने सकिएको छैन।

तनुश्री दत्ताले फेरि बलिउडमा मानिसप्रति धारे हात लगाउँदै गम्भीर आरोपसमेत लगाएकी छन्। उनले नाना पाटेकर, गणेश आचार्य, सामी सिद्दीकी र राखी सावन्तमाथि गम्भीर आरोप लगाएकी हुन्।  उनले दश वर्ष पहिला  आफ्नो करियर समाप्त पार्न भूमिका खेल्ने र उनीहरुको हरकतलाई सहयोग गर्ने सबैलाई आफ्नो आँशु लाग्ने बताइन्।

तनुश्रीले नयाँ विज्ञप्ति जारी गरेकी छन्। उक्त विज्ञप्तिमा उनले यस्तो शब्द लेखेकी छन् जहाँ सामान्य रुपमा उक्त शब्द प्रयोग गर्न मिल्दैन। उनले लेखेकी छन्, ‘गणेश आचार्य यस्ता व्यक्ति हुन् जसलाई मैले फिल्म ‘हर्न ओके प्लीज’ गीतकालागि प्रस्ताव गरेकी थिएँ। तर उनी नानाको पक्षमा गए। चार आरोपीमध्ये उनको नाम पनि एफआईआरमा छ। एक जनाले मात्रै होइन चार जनाले मलाइ फिल्मको सेटमा प्रताडित गरे। त्यो बेला म मात्र २४ वर्षकी थिएँ र आफ्नो करियर भर्खर सुरु गरेकी थिए।’ उनले गणेश आचार्यमाथि तनुश्रीले आफ्नो छवि बिगारेको आरोप पनि लगाएकी छन्।

उनले आफ्नो छवि खराब गर्ने अभियानमा राखी सावन्त पनि भूमिका खेलेको बताइन्। तनुश्रीले आफ्नो विज्ञप्तिमा भनेकी छन्, ‘आश्यर्च लाग्छ म अझै जिवितै छु। विगत ६ महिनासम्म म भारतमै बसेँ र यौन दुव्र्यवहार विरुद्ध आवाज उठाएँ। म यी चारै जनाका साथै हर्न ओके प्लीजका निर्देशक राकेश सारंगलाई श्राप दिन्छु। जस्तो प्रताडना मैले झेलेँ, त्यस्तै प्रताडना यी सबैले झेल्नु परोस्।’

तनुश्रीले अगाडि भनिन्, ‘तपाइँहरुले मेरो विरुद्ध धेरै विष ओकेल्नु भएको छ। र अब म त्यो तपाइँहरुलाई नै फिर्ता दिन्छु। कोही पनि पण्डित वा पुजारी मेरो श्रापबाट बचाउन सक्दैन। देवी देवताले पनि तपाइँहरुको सहयोग गर्ने छैनन्।’

प्रतिक्रिया