2478
Shares
शत्रु गतेको सफलतापछि मह संचारको व्यानरमा किरण केसीले निर्माण गरेको फिल्म दाल भात तरकारी यतिबेला चर्चामा रहेको फिल्म हो । मल्टिस्टारर यस फिल्मको पहिलो गीत रिलिज भएको छ । भिजिट भिषामा बोलको रिलिज भएको गीतमा निसान भट्टराई र अन्जु पन्तको आवाज ,शम्भुजित बास्कोटाको संगित र हरिवंश आचार्यको शब्द रहेको छ । सार्वजनिक गीतमा हरिवंश आचार्य , निरुता सिंह , आँचल शर्मा , पुष्प खड्का , राजाराम पौडेल, बर्षा राउत लगायत फिर्चड रहेका छन् ।

कबिराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा निरुतालाई देखेर दर्शकहरु पक्कै खुसी हुनेछन् । पछिल्लो समय लोकशैलीका गीतहरुको उपस्थिती नेपाली फिल्ममा बाहुल्यता बढिरहेको समय दाल भात तरकारीले पुन यसलाई अंगालेको छ । यस पटक किरणको फिल्मलाई उनकै छोरा सुदन केसीको डेब्यु निर्देशन रहेको छ । फिल्म पुर्णतय कमेडी विधामा नै निर्माण भएको छ ।

