रेस ३ ले भने जस्तो कलेक्सन नगरेपछि बलिउड नायक सलमान खानको फिल्म भारत यतिबेला प्रतिक्षित फिल्ममा परेको छ । सुरुवात देखि नै चर्चामा रहेको फिल्म भारत प्रियंका चोपडाले छोडेपछि झनै चर्चामा आएको थियो । ट्युवलाईट र रेस ३ ले सोचेजस्तो कलेक्सन नगरेपछि सलमान भारतका लागि जिउ ज्यान दिएर काम गरिरहेका छन् । सलमानको धमाकेदार बक्सअफिस कलेक्सन हुने मानिएको फिल्म भारतको टिजर रिलिज भएको छ । फिल्ममा सलमानको नामै भारत राखिएको छ ।
टिजरमा अन्य कलाकारहरु देखिएका छैनन् मात्र सलमान छन् । जहाँ उनका दमदार संवादहरु राखिएका छन् अझ भनौ सलमानले बोलेका मात्र छन् । तर पनि उनको यो फिल्म दर्शकहरुका लागि बिषेश हुने देखिएको छ । सलमानका पछिल्ला फिल्महरुमा जस्तै यस फिल्ममा देशभक्ती नै देखिनेछ । जहाँ जात धर्म र बर्ग केहीले छोएको छैन । टिजरमा कतै उनी पानीजहाज चालक बनेका बनेका छन् भने

यसले दर्शकमाझ थप कौतुहल्ता प्रदान गरेको छ भने टिजरमा उनको अनेक अनेक रुप देखिएको छ । फिल्ममा सलमान खानसंगै कैटरिना कैफ ,दिशा पटानी , सुनिल ग्रोबर , तबु लगायतका कलाकारहरुको अभिनय रहेको छ । सलमान खान , उनका बहिनी ज्वाई र टि सिरिजले संयुक्तरुपमा निर्माण गरेको फिल्म भारतलाई अलि अब्बास जाफरीले निर्देशन गरेका छन् । फिल्म जुन ७ मा रिलिज हुँदैछ ।
