२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अनमोललाई टक्कर दिन सलिनमानको यस्तो बबाल गेटअप

1060 Shares
Spread the love

काठमाडौँ । नायक अनमोल केसीलाई टक्कर दिनको लागि यसरी तयार भएकाछन् नायक सलिन मान बानियाँ । आजको यस भिडियोमा हामी यसै विषयमा केन्द्रित रहेर विशेष कुराकानी गर्नेछौँ । साथमा नायिका पुजा शर्माले के गर्दैछिन् नायक सलोन बस्नेतसँग शोभित बस्नेतको चलचित्रमा काम । यसै विषयमा कुरा गर्नेछौँ यस भिडियोमा ।

चैत्र २९ गते नेपाली सिनेमाको लागि निकै ठूलो भिडन्तको रुपमा हेरिएको छ र चैत्र २९ गते नायक अनमोल केसीको चलचित्र ए मेरो हजुर ३ रिलिज हुने पक्का भइसकेको छ र यो सिनेमाको गीतको छायाङ्कन हालै मात्र अमेरिकामा गरिएको थियो । अमेरिकामा फिल्मको गीतको छायाङ्कन सकेर यो सिनेमाका नायक अनमोल केसी नेपाल फर्किसकेका छन् ।

यो बीचमा नायक अनमोल केसीसँग अर्का नायक सलिन मान बानियाँको पनि भिडन्त हुँदैछ । चैत्र २९ गतेको भिडन्तलाई नेपाली सिनेमाको इतिहासमा एउटा महत्वपूर्ण र शक्तिशाली स्टारडमको भिडन्तको रुपमा हेरिएको छ । चैत्र २९ गते नै नायक सलिन मान बानियाँले अभिनय गरेको चलचित्र यात्रा रिलिज हुँदैछ र यात्राको अहिलेसम्म कुनै पनि लुक्सहरु सार्वजनिक गरिएको थिएन तर पहिलोपटक मिडियामा यात्राको लुक्सहरु सार्वजनिक गरिएको छ ।

हेर्नुस् हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट….

प्रतिक्रिया