२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सरकार विरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने देउवाको चेतावनी

1044 Shares
Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्नो नाराबाजीसहितको अवरोधका बीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ पारित गरेकोमा आपत्ति जनाउँदै सरकार र सभामुखप्रति आक्रोश व्यक्त गरेको छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सो विधेयक पारित गराएर कम्युनिष्ट अधिनायकवादी चरित्र देखाएको भन्दै आपत्ति जनाए।

विधेयक पारित भएपछि संचारकर्मीमाझ उनले जब्बरजस्ती विधेयक पारित गराएर सभामुख कृष्णबहादुर महराले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे। सभामुखजस्तो निष्पक्ष भूमिकामा रहनुपर्ने सभामुखले जब्बरजस्ती सो विधेयक पारित गराएको सभापति देउवाको आरोप छ।

सभापति देउवाले आफूहरुको विरोधकाबीच विधेयक पारित गराएको र आफ्ना नेताहरुको नाममा स्थापना गरिएको अस्पताल खारेज गर्ने तयारी गरेको भन्दै त्यसको विरोधमा सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट आन्दोलन चर्काउने चेतावनी दिए।

प्रतिक्रिया