बुधवार, २०८३ मंसिर २
EN
मेनु
ताजा अपडेट

पार्टी सुदृढीकरणका नाममा फरक विचार राख्नेलाई निषेध गर्नु हुँदैन : महासचिव पोखरेल

पार्टी सुदृढीकरणका नाममा फरक विचार राख्नेलाई निषेध गर्नु हुँदैन : महासचिव पोखरेल

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरणको नाममा फरक विचार राख्ने नेता तथा कार्यकर्तालाई निषेध गर्न नहुने बताएका छन्।
  • प्रतिवेदन प्रस्तुत गर्ने क्रममा महासचिव पोखरेलले पार्टीभित्र दोहोरो मापदण्ड अन्त्य हुनुपर्ने उल्लेख गरे।
  • उनले पार्टीमा देखा परेका कमीकमजोरी सच्याउँदै जनतासँगको सम्बन्ध सुदृढ बनाउनु आजको आवश्यकता रहेको औंल्याए।

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरणको नाममा फरक विचार राख्ने नेता तथा कार्यकर्तालाई निषेध गर्न नहुने बताएका छन्।

पार्टीको दुईदिने राष्ट्रिय भेलामा शुद्धीकरण र सुदृढीकरणसम्बन्धी लिखित प्रतिवेदन प्रस्तुत गर्दै उनले सामूहिकतामा आधारित पार्टी संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका हुन्।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा महासचिव पोखरेलले पार्टीभित्र दोहोरो मापदण्ड अन्त्य हुनुपर्ने उल्लेख गरे। ‘सुदृढीकरणको उद्देश्य कसैलाई निषेध गर्नु होइन, एउटै प्रकृतिको घटनामा दोहोरो मापदण्ड देखिनु हुँदैन,’ उनले भने, ‘यथार्थका आधारमा पार्टीको आदर्श, अनुशासन, नैतिकता र जनविश्वासलाई पुनर्स्थापित गर्नु नै शुद्धीकरणको मुख्य उद्देश्य हो।’

उनले पार्टीमा देखा परेका कमीकमजोरी सच्याउँदै जनतासँगको सम्बन्ध सुदृढ बनाउनु आजको आवश्यकता रहेको औंल्याए। सामूहिकतामा आधारित पार्टी संस्कृति विस्तार गर्दै अघि बढ्नुपर्ने बताउँदै महासचिव पोखरेलले पार्टी नेतृत्व र नीति पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा समग्र पार्टी निर्माणको दिशामा अघि बढ्नुपर्ने धारणा राखे।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 66.7% (2)
बिल्कुलै गरिरहेको छैन 33.3% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 3

ट्रेन्डिङ