काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
संस्थाको कात्तिक ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्दै प्रकाशनका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । सोही बैठकले बोनस शेयर तथा नगद लाभांश दुवै नदिने निर्णय गरेको संस्थाले जनाएको छ।
यससँगै युनिक नेपाल लघुवित्तले लगातार तीन आर्थिक वर्ष लाभांश नदिने भएको छ । संस्थाले पछिल्लोपटक आर्थिक वर्ष २०७९/८० मा १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो। त्यसपछि लघुवित्तले आव २०८०/८१, २०८१/८२ र २०८२/८३ मा पनि शेयरधनीलाई रित्तो हात पारेको हो । यसरी २०७९/८० पछि लगातार तीन वर्ष शेयरधनीले लाभांश पाएका छैनन् ।