मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २३ गते बोलायो साधारण सभा

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २३ गते बोलायो साधारण सभा

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्तावसहित विभिन्न विषयमा छलफल र निर्णय गर्न मंसिर २३ गते बुधबार आफ्नो ४० औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको...

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्तावसहित विभिन्न विषयमा छलफल र निर्णय गर्न मंसिर २३ गते बुधबार आफ्नो ४० औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुनेछ।

सभामा बैंकले शेयरधनीलाई प्रतिकित्ता १६ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको ४९५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाउने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पनि छलफलपछि पारित गरिनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार प्रतिशेयर १६ रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृति दिनेछ। यसका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनसमेत सभाको कार्यसूचीमा राखिएको छ ।

बैंकले साधारण सभा तथा नगद लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते शेयर दाखिल खारेज गर्ने जनाएको छ । बुकक्लोज अनुसार मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन, मतदान गर्न र प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ