मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

युनिक नेपाल लघुवित्तले यस वर्ष पनि लाभांश नदिने, तीन वर्ष शेयरधनीको हात खाली

युनिक नेपाल लघुवित्तले यस वर्ष पनि लाभांश नदिने, तीन वर्ष शेयरधनीको हात खाली

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । संस्थाको कात्तिक ३० गते बसेको सञ्चालक समितिको...

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

संस्थाको कात्तिक ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्दै प्रकाशनका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । सोही बैठकले बोनस शेयर तथा नगद लाभांश दुवै नदिने निर्णय गरेको संस्थाले जनाएको छ।

यससँगै युनिक नेपाल लघुवित्तले लगातार तीन आर्थिक वर्ष लाभांश नदिने भएको छ । संस्थाले पछिल्लोपटक आर्थिक वर्ष २०७९/८० मा १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो। त्यसपछि लघुवित्तले आव २०८०/८१, २०८१/८२ र २०८२/८३ मा पनि शेयरधनीलाई रित्तो हात पारेको हो । यसरी २०७९/८० पछि लगातार तीन वर्ष शेयरधनीले लाभांश पाएका छैनन् ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ