मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो, लगातार तेस्रो वर्ष ‘बिबी-’ कायम

नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो, लगातार तेस्रो वर्ष ‘बिबी-’ कायम

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  •   नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को अंक गत वर्षको तुलनामा वृद्धि भएको छ।
  • अर्थ मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा नेपालको अंक गत वर्षको ३।
  • १९ अंकले बढेर यस वर्ष ३।

काठमाडौं।  नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को अंक गत वर्षको तुलनामा वृद्धि भएको छ। अर्थ मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा नेपालको अंक गत वर्षको ३.४७ बाट ०.१९ अंकले बढेर यस वर्ष ३.६६ पुगेको हो।

फिचको मूल्यांकन प्रणालीमा ‘बिबी-’ (डबल बी माइनस) रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अंक आवश्यक पर्ने व्यवस्था छ। गत वर्ष नेपालको एसआरएम अंक न्यूनतम सीमाभन्दा कम रहेकाले गुणात्मक मूल्यांकनका आधारमा एक तह थप गरी ‘बिबी-’ रेटिङ प्रदान गरिएको थियो।

तर, यस वर्ष नेपालले कुनै अतिरिक्त ग्रेस अंक वा सहुलियतबिना आफ्नै आन्तरिक मूल्यांकन अंकका आधारमा उक्त ‘बिबी-’ रेटिङ प्राप्त गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यससँगै फिच रेटिङले नेपालको सार्वभौम क्रेडिट रेटिङ लगातार तेस्रो वर्ष स्थिर अर्थात् ‘डबल बी माइनस’ मै कायम राखेको छ।

हालै रसुवा, बूढीगण्डकीलगायत क्षेत्रमा गएको विनाशकारी बाढीबाट उत्पन्न प्रतिकूल परिस्थितिका बाबजुद नेपालको क्रेडिट रेटिङ अंकमा वृद्धि हुनुलाई अर्थ मन्त्रालयले एक महत्वपूर्ण उपलब्धि बताएको छ।

सरकारले अघि बढाएका सुशासनसम्बन्धी दृढ कदम तथा समग्र आर्थिक सुधारका कार्यक्रमहरूले नेपालको सार्वभौम क्रेडिट रेटिङमा सकारात्मक प्रभाव पारेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सार्वभौम क्रेडिट रेटिङले कुनै पनि देशको आर्थिक अवस्था, वित्तीय स्थायित्व तथा ऋण दायित्व समयमै पूरा गर्न सक्ने क्षमताको वस्तुगत मूल्यांकन गर्दछ।

यस किसिमको मूल्यांकनले अन्तर्राष्ट्रिय वित्तीय बजारमा मुलुकको आर्थिक विश्वसनीयता अभिवृद्धि गर्न, वैदेशिक लगानीको अनुकुल वातावरण निर्माण गर्न तथा बाह्य ऋण प्राप्त गर्ने क्षमताको सही आकलन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्दछ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ