मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

इजरायलको चुनाबमा धाँधली गर्न नेतन्याहुले नै गरेका थिए शक्तिको दुरुपयोग

इजरायलको चुनाबमा धाँधली गर्न नेतन्याहुले नै गरेका थिए शक्तिको दुरुपयोग

Benjamin Netanyahu Photographer: Samuel Corum/Sipa/Bloomberg

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नयाँ विवादमा फसेका छन्।
  • कुल सात जना कार्यकर्तामाथि कारबाही गरिएको थियो।
  • नेतन्याहूको कार्यालयले कुनै पनि प्रकारको गलत कार्य गरेको अस्वीकार गरेको छ।

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नयाँ विवादमा फसेका छन्। नेतन्याहूमाथि आफ्नो समूहले निर्वाचनको दिन आफ्ना राजनीतिक विरोधीहरू अर्थात् अरब पार्टीका कार्यकर्ताहरूलाई पक्राउ गराउने प्रयास गरेको आरोप लागेको छ। यस मामिलामा नेतन्याहूको कार्यालय, इजरायली प्रहरी र गुप्तचर एजेन्सी ‘शिन बेट’ को भूमिकामाथि पनि प्रश्न उठाइएको छ।

इजरायली सञ्चारमाध्यमका रिपोर्टअनुसार गत अक्टोबर २७ मा भएको निर्वाचनअघि नेतन्याहूका निकटका व्यक्तिहरूले प्रहरीलाई केही जानकारी दिएका थिए। त्यसपछि निर्वाचनको दिन अरब पार्टी ‘राआम’ का कार्यकर्ताहरूको घरमा छापा मारी उनीहरूलाई पक्राउ गरिएको थियो।

रिपोर्टमा दाबी गरिएअनुसार ‘शिन बेट’ का प्रमुख डेविड जिनीले पाँच जना अरब सांसदहरूको फोन ट्याप गर्न अनुमति मागेका थिए। यद्यपि, महान्यायाधिवक्ता गाली बहारव-मियाराले सो माग खारेज गरिदिएका थिए।

रिपोर्टमा जनाइएअनुसार निर्वाचनको दिन प्रहरीले ‘राआम’ पार्टीका तीन जना कार्यकर्ताको घरमा छापा मारेको थियो। त्यसपछि पार्टीका अन्य चार जना कार्यकर्तालाई पनि पक्राउ गरिएको थियो। कुल सात जना कार्यकर्तामाथि कारबाही गरिएको थियो। यद्यपि, ती सबैलाई केही दिनपछि कुनै पनि आरोपबिना रिहा गरिएको थियो।

यो मामिला बाहिर आएपछि विपक्षी नेताहरूले नेतन्याहूमाथि निशाना साँधेका छन्। पूर्वसैन्य प्रमुख तथा विपक्षी नेता गादी आइजेनकोटले यसलाई इजरायलको लोकतन्त्रका लागि प्रत्यक्ष खतरा बताएका छन्। उनले त नेतन्याहूको कार्यालय, ‘शिन बेट’ र प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाउँदै यसको छानबिनको माग गरेका छन्।

नेतन्याहूको कार्यालयले कुनै पनि प्रकारको गलत कार्य गरेको अस्वीकार गरेको छ। यद्यपि, नेतन्याहूको कार्यालयले प्रधानमन्त्रीका चिफ अफ स्टाफ इडो नर्डेनले प्रहरी प्रमुखलाई फोन गरेका थिए। नेतन्याहूको कार्यालयको भनाइ छ – उनीहरूलाई आपराधिक गतिविधिहरूसँग जोडिएको विश्वसनीय जानकारी प्राप्त भएको थियो जुन प्रहरीसम्म पुर्‍याइएको थियो। उनीहरूको दाबी छ – कानुन कार्यान्वयन गर्ने निकायहरूको काममा कुनै किसिमको हस्तक्षेप गरिएको छैन।

यसैबीच, इजरायली प्रहरीले यस मामिलाको आन्तरिक छानबिनको आदेश दिएको छ। अर्कोतर्फ, ‘शिन बेट’ ले निर्वाचन समितिको निर्देशनमा निर्वाचनसँग जोडिएका गतिविधिहरू र विदेशी हस्तक्षेपको आशङ्काहरूको छानबिन गरेको बताएको छ।

यस विवादले इजरायलमा सरकार गठन गर्ने प्रयासहरूमा पनि असर पार्न सक्नेछ। निर्वाचनपछि नेतन्याहू र उनका प्रमुख प्रतिद्वन्द्वी गादी आइजेनकोटबीच संयुक्त सरकार गठन गर्ने सम्बन्धमा कुराकानी हुने सम्भावना थियो। तर ताजा आरोपहरू आएपछि आइजेनकोटको शिविरमा नेतन्याहुसँग सत्ता साझेदारी गर्ने विषयलाई लिएर प्रश्न उठ्न थालेका छन्।

निर्वाचनमा दुई प्रमुख अरब पार्टीहरूले इजरायली संसद् ‘नेसेट’ मा कुल १९ सिट हासिल गरेका थिए। त्यसपछि नेतन्याहुले निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए। उनले अरब पार्टीहरूले कतारबाट फन्डिङ (आर्थिक सहयोग) पाएको आशङ्का समेत व्यक्त गरेका थिए।

अहिले उनकै समूहमाथि निर्वाचनमा हस्तक्षेप गरेको र विरोधी दलका कार्यकर्ताहरूलाई पक्राउ गराउने प्रयास गरेको आरोप लागिरहेको छ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ