२०८३, १५ आश्विन बिहीबार
×

ट्रेन्डिङ

यो अजिंगरमा कहाँबाट आए ५०० किर्ना ?

4181 Shares
Spread the love

बीबीसी । अस्ट्रेलियामा सपेराहरूले ५०० किर्नाले ढाकिएको एउटा स्थानीय प्रजातिको अजिङ्गरको उद्धार गरेका छन्।

बिरामी अवस्थामा भेटिएको सो अजिङ्गर क्वीन्स्ल्यान्डको गोल्ड कोस्टमा एउटा घरपछाडि रहेको पौडी पोखरीमा भेटिएको थियो।

एक व्यावसायिक सपेराले त्यो बिरामी अजिङ्गरलाई पोखरीबाट निकालेर उपचारका लागि जङ्गली जनावर उपचार क्लिनिकमा पुर्याएका थिए।

पशुचिकित्सकहरूले ५०० वटा किर्ना झिकेपछि अब अजिङ्गर निको हुने आशा गरिएको सपेरा टोनी ह्यारिसनले बीबीसीलाई बताएका छन्।
गोल्ड कोस्ट र ब्रिस्बेनमा सपेराको काम गर्ने ह्यारिसनले नाइक नाम दिइएको त्यो अजिङ्गर पानीमा डुबाएर किर्नालाई मार्ने प्रयासमा पोखरीमा पसेको हुन सक्ने बताए।

त्यो सर्प निक्कै असहज परिस्थितिमा थियो,  उनले भने।

उसको मुख फुलेको थियो र किर्नाले उसको शरीरमा राज्य गरेका थिए।

ह्यारिसनका अनुसार त्यो सर्प पोखरीबाट झिक्दा सरिरहेको गुच्चाको झोला हातमा बोकेको अनुभव भएको थियो।

क्वीन्स्ल्यान्ड विश्वविद्यालयका सहप्राध्यापक ब्रायन फ्राईका अनुसार जङ्गली वासस्थानमा सर्पहरूमा थोरै किर्ता वा परजीवी पर्नु स्वाभाविक हो।

तर त्यति धेरै किर्ना पर्नु चाहिँ सो अजिङ्गरलाई तापको राप वा सुक्खापनको कारण लागेको अरू कुनै रोगको लक्षण हुनसक्ने फ्राईले बताए।

स्पष्ट रूपमा त्यो गम्भीर बिरामी परेर रोगप्रतिरोधी क्षमता गुमाएको प्राणी थियो, फ्राईले भने।

उद्धार गरेर उपचार नगरेको भए त्यो अजिङ्गर बाँच्थ्यो जस्तो मलाई लाग्दैन।

ह्यारिसनले सो अजिङ्गरलाई सङ्क्रमण भएको र अब निको हुन थालेको जानकारी स्थानीय सपेराहरूको फेसबुक पानामा प्रेषित भिडिओमार्फत् दिएका छन्।

नाइक आज अलि फुर्तिलो छ। तर ऊ क्लिनिकमा निको नभएसम्म लामो समय बस्ने बिरामी

प्रतिक्रिया