1101
Shares

आशिस तामाङ, काठमाडौं – रेश्मा बम्जन र योगेश लामाको ‘आम्मैले होई आम्मैले’ तामाङ सेलो गीत सार्बजनिक भएको छ ।
जिग्मे मिडियाको युट्युब च्यानल मार्फत गीत सार्वजनिक भएको हो । उक्त सेलो गीतमा प्रेम बल लामाको शब्द, योगेश लामाको संगित तथा फनिन्द्र राईको एरेन्ज रहेको छ ।
गीत संगीतमा नै केही गर्छु भनेर सांगीतिक दुनियाँमा होमिएकी गायिका रेश्मा बोम्जनका डम्फु र सेलो, मैले क्यारम भो, यो कान्छी, के सारो हेरेको च्याङ्बा जस्ता गितहरु श्रोता अनि दर्शक माझ लोकप्रिय भईसकेका छन् ।
गायक योगेश लामाको तामाङ ठिटो, आस्याङकी छोरी जस्ता गित सेलो बजारमा आईसकेका छन् । उक्त गितको म्युजिक भिडियोमा रोहनी लामा र आरम्भ तामाङले अभिनय गरेका छन् ।
भिडियोको छायांकन, सम्पादन तथा निर्देशन सुर्य लामाको रहेको छ । भिडियो हेर्नुहोस :