२०८३, २० आश्विन मंगलवार
×

दसैंका लागि देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ

0 Shares

काठमाडौं । दसैंलाई लक्षित गर्दै घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गरिने भएको छ।

यातायात व्यवस्था विभागले सरोकारवालासँगको बैठकपछि यस्तो निर्णय गरेको हो। यस वर्षको घटस्थापना २५ असोजमा परेको छ।

बैठकले २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको छ। दसैंमा घर फर्किने यात्रुको चापलाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको विभागले जनाएको छ।

तर, कुनै सडकको विशेष प्रकृतिका कारण निश्चित आकार वा प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको भए त्यस्ता सवारीसाधनमाथिको प्रतिबन्ध भने यथावत् रहने विभागले स्पष्ट पारेको छ।

दसैंको समयमा यात्रुको चाप अत्यधिक बढ्ने भएकाले रुट परमिट खुला गर्ने तथा अग्रिम टिकट बुकिङको व्यवस्था गर्ने निर्णयले सार्वजनिक यातायात सञ्चालनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया