२०८३, ३ बैशाख बिहीबार
×

ट्रेन्डिङ

ट्रम्पको कडा चेतावनी: ‘इरानी जहाज नजिकिए ध्वस्त पारिने’—खाडी क्षेत्रमा युद्धको खतरा चर्कियो

0 Shares
Spread the love

वासिंटन। डोनल्ड ट्रम्प ले इरानी नौसेनालाई लक्षित गर्दै अभूतपूर्व रूपमा कडा चेतावनी दिएका छन्। ‘ट्रुथ सोसल’मार्फत सार्वजनिक सन्देशमा उनले अमेरिकी नाकाबन्दी क्षेत्र नजिक आउने कुनै पनि इरानी युद्धक जहाज वा ‘फास्ट अट्याक क्राफ्ट’लाई तत्काल “ध्वस्त पार्ने” स्पष्ट निर्देशन दिएको बताएका छन्।

अमेरिकाले हर्मोज जलसन्धि र इरानी बन्दरगाह वरपर लागू गरेको समुद्री नाकाबन्दी सोमबारदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएको छ—जसले विश्वको ऊर्जा आपूर्ति मार्गमै प्रत्यक्ष दबाब सिर्जना गरेको छ।

‘छिटो र भयानक’ प्रतिक्रिया
डोनल्ड ट्रम्प ले इरानका ठूला युद्धपोतहरू कमजोर भइसकेको दाबी गर्दै बाँकी रहेका साना तीव्र गतिका डुङ्गाहरूले अमेरिकी सुरक्षा घेरा तोड्ने प्रयास गरे “छिटो र भयानक” परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

उनले यसलाई लागूऔषध तस्करविरुद्धको समुद्री कारबाहीसँग तुलना गर्दै अमेरिकी सेनालाई स्पष्ट आदेश दिइएको बताएका छन्।

वार्ता विफल, तनाव चुलियो
इस्लामावाद मा सम्पन्न शान्ति वार्ता निष्कर्षविहीन भएपछि आएको यो चेतावनीले मध्यपूर्वमा सैन्य मुठभेडको जोखिम झनै बढाएको छ।

इरानको प्रतिवाद
इरान ले अमेरिकी कदमलाई “समुद्री डकैती”को संज्ञा दिँदै यदि आफ्ना जहाजमाथि आक्रमण भए फारस खाडीका कुनै पनि बन्दरगाह सुरक्षित नरहने कडा प्रतिक्रिया दिएको छ।

ऊर्जा सुरक्षामा खतरा
विश्वको ठूलो हिस्साको तेल आपूर्ति हुने हर्मोज जलसन्धि मा बढ्दो तनावले अन्तर्राष्ट्रिय बजारमा तेल मूल्य अस्थिर हुने र विश्व ऊर्जा सुरक्षामाथि गम्भीर असर पर्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया