२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

झुक्किएर लागेको फोनबाट सुरु विवाद: पाटन बोलाएर दाजुभाइको हत्या

0 Shares
Spread the love

ललितपुर।ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई दाजुभाइको हत्या भएको छ। पाँचथर घर भई हाल इमाडोल बस्दै आएका ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ को ज्यान गएको हो।

प्रहरीका अनुसार उनीहरूमाथि सञ्जीव नेपाली ले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। घटनापछि फरार हुन खोज्दै गर्दा प्रहरीले सञ्जीवसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।

फोनबाट सुरु भयो विवाद
प्रारम्भिक अनुसन्धानअनुसार बुधबार साँझ नेम्बाङ दाजुभाइले गल्तीवश एक नम्बरमा फोन गर्दा उक्त कल सञ्जीवको मोबाइलमा पुगेको थियो। उनीहरू एक–आपसमा अपरिचित थिए।

सुरुमा सामान्य संवाद भए पनि पछि फोनमै भनाभन बढ्दै गएको र विवाद चर्किएको प्रहरीले जनाएको छ।

पाटन बोलाएर आक्रमण
फोनमा विवाद बढेपछि सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका थिए। इमाडोलबाट पाटन पुगेपछि मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने हतियारले आक्रमण गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया