२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

सर्लाही पुगेका गगन थापाले भने- सेवक बनेर काम गर्न आएको हुँ

0 Shares
Spread the love

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेका छन्।

काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका थापाले धनकौल बजारस्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै आफू जनताको सेवकका रूपमा काम गर्न आएको बताएका छन्।

थापाले आगामी पाँच वर्ष यही क्षेत्रमा जनतासँगै बसेर शिक्षा, स्वास्थ्यलगायत विकासका महत्वपूर्ण कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। तराई मधेशको रहनसहन, संस्कार र पर्व उत्सवले आफूलाई थप ऊर्जा र प्रेरणा दिने उनको भनाइ थियो।

उनी थप तीन दिनसम्म निर्वाचन क्षेत्रमै बसेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ।

सर्लाही–४ मा थापा यस क्षेत्रका निवर्तमान सांसद अमरेश कुमार सिंहसँग चुनावी प्रतिस्पर्धामा छन्। सिंह २०७० सालदेखि लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् भने यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन्।

प्रतिक्रिया