२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

राष्ट्रिय सभाबाट राजीनामा दिएर गएका बामदेव गौतमले टिकट पाएनन्

0 Shares
Spread the love

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले टिकट पाएनन् । बर्दिया-१ को उम्मेदवार बन्न भन्दै उनले राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए । तर पार्टीले उनलाई टिकट दिएन । उनको पदावधि माघ १० गतेदेखि सकिँदै थियो। माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदै छ।

पार्टीले बिष्णुप्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ। सोमबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौधरीलाई टिकट दिएका हुन् । गौतम यसअघि २०७४ को चुनावमा यही क्षेत्रमा पराजित भएका थिए। त्यसपछि उनी राष्ट्रिय सभाको सदस्य बनेका थिए।

प्रतिक्रिया