२०८३, १२ जेष्ठ मंगलवार
×

ट्रेन्डिङ

थाइल्याण्डको राजधानीमा गोली चल्दा ४ जनाको मृत्यु

0 Shares
Spread the love

काठमाडौं– थाइल्याण्डको राजधानी बैंककमा भएको गोलीकाण्डमा परी ४ जनाको ज्यान गएको छ । अज्ञात बन्दुकधारीले खानेकुरा पाइने स्थानीय बजारमा जथाभावी गोली चलाएको हो ।

घटनामा ४ सुरक्षा गार्डको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ । अरु एक जना घाइते भएका छन् ।

बन्दुकधारीले गोली चलाउनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बैंककको बाङ सुए जिल्लाका प्रहरी उपप्रमुख वरपात सुकथाइका अनुसार गोली चलाएपछि बन्दुकधारीले आफ्नो पनि ज्यान लिएको छ ।

प्रतिक्रिया