२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा ढकालको उम्मेदवारी, काम गरेर देखाउने प्रतिवद्धता

0 Shares
Spread the love

काठमाडौं, असार १२ गते । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यकालका लागि सञ्जीव गोर्खाली ढकालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएन अभियन्ता ढकालले उम्मेदवारी सार्वजनिक गर्दै यो अभियान केवल नेतृत्वका लागि नभइ, स्पष्ट कार्यदिशा, जवाफदेहिता र सहभागितामूलक समुदाय निर्माणका लागि भएको जानकारी दिएका हुन्।

ढकालले स्वतन्त्र च्यारिटेबल संस्था रूपमा संस्थागत सबै विद्यार्थीलाई पुनः सहायक सदस्यका रूपमा समावेश गर्ने र नेपालसँग नाता राख्ने वा नेपाली मूल भएका सबैलाई सदस्य बनाउने व्यवस्था गर्ने उल्लेख गरेका छन्।

‘हामी वाचा मात्रै गर्दैनौँ, काम गरेर देखाउँछौँ, छिट्टै विस्तृत एजेन्डा र सेवा कार्ययोजनासहित पुनः उपस्थित हुनेछु,’ अध्यक्षका उम्मेदवार ढकालले भने।

प्रतिक्रिया