२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

बेलायतमा गाँजा खान पाउने लोभमा पार्कमा गएकी थिइन् १४ वर्षकी किशोरी, त्यसपछि जे भयो…

2054 Shares
Spread the love

लण्डन। बेलायतमा १४ वर्षकी एक किशोरी गाँजा खान पाउने लोभमा पार्कमा गएकी थिइन् । त्यसपछि उनीसँग जे भयो त्यो कसैलेकल्पना समेत गर्न नसक्ने थियो । उनलाई बोलाउनेले किशोरीको हत्या गरेर उनको मृत शरीरलाई बलात्कार गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । मिडिया रिपोर्टका अनुसार १४ वर्षकी भिक्टोरिया सोकोलोभा नामकी किशोरीको अर्धनग्न मृत शरीर बेलायतको भोल्वरह्याम्पटन को वेस्ट पार्क नजिकै भेटिएको थियो ।

यहाँबाट कतै जाँदै गरेका एक् व्यक्तिले मृत शरीर देखेर यसको सूचना पुलिसलाई दिएका थिए । पुलिसले अनुसन्धान गर्दै जाँदा ती किशोरीसँग भएको डरलाग्दो घटनाको खुलासा भएको छ । भिडियो फुटेज र कल डिटेलका आधारमा पुलिसले किशोरीका हत्यारालाई खोजेर पक्राउ गरेको छ । पुलिसका अनुसार हत्या गर्ने पनि किशोर नै हुन् । उनको उमेर १६ वर्ष भएकोले उनको पहिचान खुलाइएको छैन । अनुसन्धानमा थाहा भए अनुसार किशोरले त्यसरात एक डेटिङ एपको माध्यमबाट किशोरीसँग सम्पर्क गरेका थिए ।

ती किशोरले किशोरीलाई गाँजा खान दिने लोभ देखाएर पार्कमा बोलाएका थिए । पुलिसका अनुसार ती किशोरले आफूले किशोरीसँग यौन सम्बनध बनाएको स्वीकार गर्दै सम्बनध सहमतिमा भएको र त्यतिबेला किशोरी जीवित भएको बताएका थिए । तर, पुलिसले कडाइका साथ सोधपुछ गरेपछि उनले किशोरीले यौन सम्बन्धको लागि अस्वीकार गरेको बताए । त्यसपछि ती किशोरले हथौडाजस्तै चीजले किशोरीको टाउकोमा २१ पटक आक्रमण गरे त्यसपछि किशोरीको शरीरसँग यौन सम्बन्ध बनाउन थाले । त्यतिबेलासम्म किशोरीको मृत्यु भइसकेको थियो ।

हत्या गर्ने किशोरका अनुसार वारदातभन्दा अघि उनले कैयौं पोर्न फिल्म हेरेका थिए । उनी किशोरीसँग पोर्न फिल्ममा जस्तै अप्राकृतिक यौन सम्बन्ध बनाउन चाहन्थे । ८ न्यायाधीशको इजलासले यो घटनालाई जघन्य अपराधको श्रेणीमा राख्दै ती किशोरलाई आजीवन कारावासको सजाय सुनाएको छ । किशोरीकी आमा भ्यालेन्टिनका अनुसार केही दिनदेखि छोरीका केही विचित्र साथी बनेका थिए । किशोरी घरबाट भाग्ने गर्थिन् । आमाका अनुसार उनले छोरीले गाँजा खान लागेको थाहा पाएकी थिइन् । उनी स्कुलबाट साथीहरुकहाँ गएर बस्न थालेकी थिइन् । यही कारण आमाले उनलाई पितासँग बस्न आयरल्याण्ड पठाएकी थिइन् तर केही दिनमै उनी फर्किएर आएकी थिइन् ।

प्रतिक्रिया