२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा

0 Shares
Spread the love

काठमाडौं। घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।

मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल समूह चरणको एक खेल अगावै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो।

श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ए बाट अंकबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले आफ्नो समूहको दोस्रो खेल भाद्र ६ गते बंगलादेशसँग खेल्नेछ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ। समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन्। समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

प्रतिक्रिया