२०८२, ११ बैशाख बिहीबार
×

ट्रेन्डिङ

दिल्लीको रंग कारखानामा आगलागी, ११ जनाको मृत्यु

0 Shares

एजेन्सी । भारतको दिल्लीमा एउटा रंगको कारखानामा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

दिल्लीको अलीपुरमा रहेको कारखानामा भीषण आगलागी हुँदा कारखानाभित्र रहेका ११ जना मजदुरहरुको जलेर मृत्यु हुनुका साथै ४ जना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

२२ वटा दमकलको सहयताले आगो नियन्त्रणमा लिइएको छ । अचानक आगो लागेका कारण कारखानामा काम गरिरहेका मजदुरहरु बाहिर निस्कन नसक्दा उनीहरुको जलेर मृत्यु भएको हो ।

आगलागी भएको दृश्य टाढाटाढाबाट पनि देखिएको स्थानीयले बताएका छन् । जलेका शवहरुलाई बाहिर निकालिएको छ ।

प्रतिक्रिया