२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

नेपाली यू-१९ टिमको स्कटल्याण्डमाथि फराकिलो जित

0 Shares
Spread the love

काठमाडौं। आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको हो ।

नेपालले दिएको २८५ रनको लक्ष्य पछाएको स्कटल्याण्ड ४३.२ ओभरमा अल आउट हुदै १४९ मात्र बनाएको थियो । नेपालका लागि तिलक भण्डारीले ३ तथा आकाश चन्दले २ विकेट लिएका थिए ।

यस अघि नेपाल यू १९ टिमले पहिला ब्याटिंग गर्दै ४९.२ ओभरमा अलआउट हुदै २८४ रन बनाएको छ । नेपालका लागि गुलशन झाले ११४ रनको शतकीय पारी खेलेका छन् । त्यस्तै दिपक बोहराले नटआउट ५८ रन बनाएका थिए ।

नेपाल यस विश्वकपमा समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप खेल्ने नेपाली टिमः

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्द ।

प्रतिक्रिया