२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

एसीसी यू १९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १ सय ५३ रनको लक्ष्य

0 Shares

काठमडौं- एसीसी यू १९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसमक्ष १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।

नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए । त्यस्तै, दिपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अरु नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद जिसनले ६ विकेट लिए । त्यस्तै, आमिर हसनले २ विकेट लिए ।

प्रतिक्रिया