२०८२, १० बैशाख बुधबार
×

ट्रेन्डिङ

क्यानडाद्वारा भारतका एक कूटनीतिज्ञलाई देश निकाला

0 Shares

काठमाडौं । क्यानडाले एकजना शिख नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शिख नेता निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउँदै ती कुटनीतिज्ञलाई देश निकाला गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । १८ जुनमा निज्जरको गोली हानी हत्या गरिएको थियो ।

ट्रुडोले क्यानाडाली गुप्तचरले उनको हत्यामा भारतको संलग्नता रहेको जानकारी दिएका बताएका छन् । भारतले उक्त दाबीलाई भने अस्वीकार गरेको छ । ट्रुडोले भर्खरै भारतमा भएको जि–२० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो मुद्दा उठाएका थिए ।

“क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको कुनै पनि संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो,“ ट्रुडोले सोमबार क्यानडाको संसद हाउस अफ कमन्समा सम्बोधन गर्ने क्रममा भनेका थिए । देश निकाला गरिएका भारतीय कूटनीतिज्ञ क्यानडामा भारतको इन्टेलिजेन्स प्रमुख रहेको बताइएको छ । यो प्रकरणले भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको बताइएको छ ।

प्रतिक्रिया