२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

सुपर सिक्सको उपाधी लगातार तेस्रोपटक हिमालय क्रीकेट क्लबलाई

0 Shares
Spread the love

लण्डन । अवतार डाइनिङ र माया सपोर्टिङ लिमिटेड मुख्य प्रयोजक रहेको सुपर सिक्सको उपाधी हिमालय क्रीकेट क्लबले जितेको छ।

६ टिम प्रतिस्पर्धा गरेको टुर्नामेन्टमा हिमालय क्रीकेट क्लब, खुकुरी क्रीकेट क्लब, हिमालय ब्य्वाइज र गोर्खा टाइगर लेस्टर सेमिफाइनल प्रवेश गरेका थिए।

पहिलो सेमिफाइनललाई खुकुरी क्रीकेट क्लबलाई पराजित गर्दै गोर्खा टाइगर लेस्टर फाइनल पुगेको थियो, भने हिमालय ब्य्वाइजलाई पराजित गर्दै हिमालय क्रीकेट क्लब फाइनल प्रवेश गरेको थियो।

फाइनललाई पहिलो ब्याटिङ गर्दै हिमालयले ७० रनको योगफल प्रस्तुत गरेको थियो,भने लेस्टर ५० रनको योगफलमा समेटिएको थियो।

फाइनलको म्यान अफ द म्याच, उत्कृष्ट ब्याटर, प्लेयर अफ द टुर्नामेन्ट दिनेश खरेल चुनिएका छन् भने उत्कृष्ट बलर दिवस गिरि छानिएका छन् भने उत्कृष्ट फिल्डर सुजन गिरिले प्राप्त गरे।

प्रतियोगितामा उदाउदा खेलाडी चन्द्र केसि रहे। प्रतियोगितामा एक मात्र अर्ध सतक दिनेश खरेलको नाममा रह्यो। बिजेताहरुलाई मेडल, ट्रफी सहित नगद पुरस्कार समेत वितरण गरेको आयोजक म्यानी गुरुङले बताउनु भयो।

प्रतिक्रिया