
लण्डन । अघिल्ला दुई संस्करण पूर्ण सफल भएको सुपर सिक्स क्रिकेट प्रतियोगिता यसवर्ष आज सेप्टेम्बर १० मा हुदैछ।
सुपर सिक्स क्रिकेटको लागि पूर्ण तयारी भएको आयोजकद्वय म्यानी गुरुङ र विधानराज गिरीले बताए।
सुपर सिक्स लिग खेल्न ओभरसिज खेलाडीका रुपमा दिनेश खरेल लण्डन आईपुगेका छन्। न्युजिल्यान्डको अक्ल्यान्डबाट नेपाली मुलका दिनेश खरेल ले हिमालय क्रीकेट क्लबको प्रतिनिधित्व गर्दै खेल्दै छन्।
प्रतियोगितामा ६ टिमले प्रतिष्पर्धा गर्नेछ। सल्सबरीस्थित टिडवर्थ क्रिकेट ग्राउन्डमा पहिलो खेल बिहान ९.३० मा सञ्चालन हुने र सोही दिन नै सकिने संयोजक म्यानी गुरुङ जानकारी दिए ।
गोर्खा टाइगर्स लेस्टर क्रिकेट क्लब, रमाइलो क्रिकेट क्लब, हिमालयन क्रिकेट क्लब, हिमालयन ब्वाइज, खुकुरी क्रिकेट क्लब र वीन्चेस्टर नेपाली क्रिकेट क्लब गरि ६ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् ।
खेलमा विजेता र उपविजेतालाई नगद पुरस्कार र ट्रफी हस्तान्तरण गर्ने आयोजकले बताएका छन्। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि विशेष पुरस्कार व्यवस्था छ ।
आयोजकले क्रिकेटमार्फत नेपालीबीचको आत्मीयता थप उजागर हुनुका साथै नेपाली क्रिकेटलाई पनि सहयोग पुग्ने विश्वास लिएका छन्।
क्रिकेट प्रतियोगिता को मुख्य प्रायोजन माया सपोर्टेड लिभिङ छ भने प्रायोजनमा अवतार डाइनिङ र वल्ड रेमिट पनि रहेको छ।
आयोजकका तर्फबाट म्यानी गुरुङले लन्डन, आसपास र वील्सायरका सम्पूर्ण खेल प्रेमीलाई उपस्थित भइ खेलाडीलाई हौसला प्रदान र भाइचारा बढाउन विशेष आग्रह गरे ।