२०८१, ६ बैशाख बिहीबार
×

ट्रेन्डिङ

स्पेनकी राजकुमारी सेनामा भर्ना, राजा रानी भावुक

0 Shares

म्याड्रिड– कुनै पनि देशको सेनामा भर्ना हुनु प्रतिष्ठित काम हो तर देशकी राजकुमारी सेनामा भर्ना हुन आश्चर्यको विषय हो । स्पेनमा यस्तै भएको छ ।

स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा सामेल भएकी छिन् । जसका कारण विश्वभर यस विषयको चर्चा भइरहेको छ ।

दरबारमा बस्ने राजकुमारी लियोनोरले अब भारी आर्मी बुट र बर्दी लगाएर युद्ध तालिममा सहभागी हुनेछिन् । राजकुमारीको उमेर मात्र १७ वर्ष छ ।

लियोनरले तीन वर्ष सैन्य तालिम लिने निर्णय गरेकी छिन् । राजकुमारी लियोनर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन्। उनलाई बिहीबार नै परिवारको तर्फबाट युद्ध तालिमका लागि शाही बिदाइ गरिएको छ। राजकुमारी जारागोजा बिहीबार आर्मी एकेडेमी पुगेकी थिइन् । राजकुमारीसँग उनको परिवारका अन्य सदस्यहरू पनि थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमारी लियोनरले मार्चमा यो जागिरका लागि आवेदन दिएकी थिइन् । राजकुमारी लियोनरले आगामी तीन वर्षसम्म कडा सैन्य तालिम लिने बताइएको छ ।

प्रतिक्रिया