२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

कर्णाली प्रदेशसभाको बैठक बस्दै

1541 Shares
Spread the love

सुर्खेत । आज कर्णाली प्रदेशसभाको बैठक बस्दै छ। दिउँसो ३ बजे बस्ने बैठकमा पेस हुने एजेन्डाहरु अधिवेशन सुरु हुनुभन्दा एक घण्टाअघि दलहरुको सर्वदलीय बैठकले तय गर्ने भएको छ।

तर, प्रदेशसभा सञ्चालनका लागि कार्य व्यवस्था परार्मश समिति तथा विषयगत समिति भने गठन हुन सकेको छैन।

कर्णाली प्रदेशसभा दोस्रो कार्यकालको पहिलो अधिवेशनअन्तर्गत ६ वटा बैठक सम्पन्न भइसकेका छन्। ती बैठकबाट सभामुख, उपसभामुख चयन तथा मुख्यमन्त्रीले विश्वासको मत लिने काम सम्पन्न भएको छ।

सातौँ बैठक आइतबार बोलाइएको हो।

प्रतिक्रिया