२०८३, २८ भाद्र आईतवार
×

ट्रेन्डिङ

उपराष्ट्रपति निर्वाचनमा राप्रपा सहभागी नहुने

1195 Shares
Spread the love

काठमाडौं। उपराष्ट्रपति निर्वाचनको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ। राप्रपाको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरिसकेको नेता राजाराम श्रेष्ठले बताए।

फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा सहभागी भएको थिएन।

मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।

आज बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने छ।

प्रतिक्रिया