२०८३, २८ भाद्र आईतवार
×

ट्रेन्डिङ

पाथीभरा क्याम्पस रुपान्तरणको उद्घोष गर्दै स्ववियुको नेतृत्व गर्न होमिएका अर्जुन (हेर्नुहोस् एजेन्डा)

491789 Shares
Spread the love

सूर्य इजम, ताप्लेजुङ, फागुन २ गते । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सरगर्मी बढेको छ । देशभरिका विद्यार्थीहरू स्ववियु निर्वाचनको तयारीमा जुटेका छन् ।सूर्योदयको जिल्ला ताप्लेजुङमा पनि स्ववियु निर्वाचनको तयारी भइरहेको छ । फुङ्लिङ नगरपालिकास्थित पाथीभरा क्याम्पसमा पनि स्ववियु निर्वाचनको रौनक छ । अझै रोचक त के छ भने चार विद्यार्थी संगठनले संयुक्त लोकतान्त्रिक वाम प्रगतिशील गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी युनियन र अनेरास्ववियूले संयुक्त मोर्चा बनाएका छन् । संयुक्त मोर्चाको नेतृत् गर्दैछन् पाथीभरा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति पदका उम्मेदवार अर्जुन खिम्दिङ । नेवि संघको राजनीतिबाट उदाएका विद्यार्थी नेता खिम्दिङ भन्छन्, ‘अहिले क्याम्पसको भौतिक संरचना निर्माण र गुणस्तरीय शिक्षा नै मेरो टिमको प्राथमिकता हो । क्याम्पसको विविध कार्यक्रम गर्नका लागि र सार्वजनिक कार्यक्रममार्फत आयमा पनि वृद्धि हुने हुँदा व्यवस्थित सभाहलको लागि पहल गर्ने योजना हामीले बनाएका छौँ ।’

उनका अनुसार स्नातक तह प्रथम वर्षमा भर्ना हुनेदेखि स्नातकोत्तर चौथो सेमेस्टरसम्म अध्ययनरत विद्यार्थीहरुलाई सहजताका लागि विद्यार्थी सहायताकक्षको व्यवस्था गरिनेछ । क्याम्पसमा अध्ययनरत छात्राका लागि छात्रामैत्री शौचालय र सेनेटरी प्याडको व्यवस्था गरिने बताउँदै खिम्दिङले विभिन्न किसिमका अपाङ्ता भएका विद्यार्थीका लागि क्याम्पसमा सहजताका वातावरण मिलाउन पहल गरिने प्रष्ट पारे ।

के छन् अरु योजना ?

–क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि आपतकालीन राहत र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्तिका लागि स्ववियुमार्फत वितरण गर्ने गरी विद्यार्थी कल्याण सहायता कोष’ स्थापना गर्न पहल गरिने छ ।

–क्याम्पसको विधानमा उल्लेख भए बमोजिम विद्यार्थीलाई छात्रवृत्तिको लागि सिफारिस गरिने छ । थप छात्रवृत्तिका लागि विभिन्न संघसंस्थासँग पहल गरिने छ ।

–क्याम्पसमा निःशुल्क अध्ययनका लागि जिल्लाको ९ वटै स्थानीय सरकारसँग अनुदान बजेटको व्यवस्था गर्न पहल गरिने छ ।

–क्याम्पसमा आवश्यक पर्ने फर्निचर र शिक्षण सामग्रीलाई सुविधायुक्त बनाउन पहल गरिनेछ । शिक्षणलाई प्रविधिसँग जोड्नका लागि स्मार्ट बोर्ड र प्रोजेक्टरको व्यवस्था गर्न पहल गरिने छ ।

–स्वच्छ पिउने पानीका लागि व्यवस्थित धाराको व्यवस्था गरिने छ । जाडो र चिसो समयमा तातोपानीको व्यवस्था गरिने छ । स्वच्छ वातावरणका लागि प्रत्येक हप्ता सरसफाइको कार्यक्रम बनाइने छ ।

–स्वास्थ्य, शिक्षा, खेलकुद र श्रमको लागि आवश्यक खेल सामग्री (फुटबल, भलिबल, बास्केटबल, व्याडमिन्टन, टीटी र बुद्धिचाल) को व्यवस्था गरिने छ । साथै खेलमैदान र हलको लागि पहल गरिने छ ।

–अतिरिक्त क्रियाकलापलाई स्ववियुको तर्फबाट मासिक रुपमा खेलकुद, साहित्य, वक्तृत्वकला, गायन र नृत्य प्रतियोगिताको व्यवस्था गरिने छ ।

–स्ववियुको तर्फबाट विद्यार्थीको समस्या समाधान र शिक्षण प्रभावकारी बनाउन संकायगत रुपमा प्रत्येक महिना सञ्चालक समिति र अध्यापकबीच अन्तरक्रियाको व्यवस्था गरिने छ ।

–संकायगत रुपमा पुस्तकालयको व्यवस्था गरिने छ । ई–पुस्तकालयका लागि पहल गरिने छ ।

–विश्व शैक्षिक जनशक्तिसँग प्रतिस्पर्धा गर्न गुणस्तरीय शिक्षा प्रत्यायन प्राप्तिका लागि क्याम्पससँग समन्वय गर्ने ।

–आर्थिक पारदर्शिताका लागि वार्षिक वजेट निर्माण गर्ने, स्रोत व्यवस्थापनमा समन्वय गर्ने र आय व्याय वार्षिक रुपमा सार्वजानिक गर्न पहल गरिने छ ।

–सुविधायुक्त छात्रवासका लागि पहल गरिने छ ।

प्रतिक्रिया