२०८२, २० चैत्र शुक्रबार
×

ट्रेन्डिङ

नेपाली क्रिकेट टिमलाई ओलीको शुभकामना

1556 Shares
Spread the love

काठमाडौ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेल खेल्न लागेको नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सफलताको शुभकामना व्यक्त गरेका छन् ।

खेल सुरु हुनु अघि सामाजिक सञ्जालमा ओलीले लेखेका छन् मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना १ राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु । नेपालले लिगको अन्तिम खेल अहिले युएईसँग खेल्दैछ ।

प्रतिक्रिया