२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

एकैदिन १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

921 Shares
Spread the love

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख पाँच हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया