२०८२, २० चैत्र शुक्रबार
×

ट्रेन्डिङ

माओवादी धारका पार्टीहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दै

801 Shares
Spread the love

काठमाडौं । माओवादी धारका छ दलका नेताहरुले आज नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दैछन्। विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले आज बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन्।

गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो। सोही अनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया