काठमाडौं । उद्योगी व्यवसायीहरुले आज सोमबार नेपाल राष्ट्र बैंक घेराउ गर्ने तयारी गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिले सोमबार बिहान ११ बजेदेखि २ घण्टा धर्ना दिने तयारी गरेको हो ।
संघर्ष समितिले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको थियो एकल अंकको ब्याजदर कायम हुनु पर्ने, उद्योग र व्यापारको ब्याजदरमा २ प्रतिशतको फरक हुनु पर्ने, आधार दरमा प्रिमियम बढीमा २ प्रतिशत मात्र थप हुनु पर्ने माग समितिले राखेको छ।
त्यस्तै चालु पूंजी निर्देशिका खारेज गरि व्यवहारिक बनाइनु पर्ने, विभिन्न वित्तिय सेवा शुल्कहरु कम गरी सर्वसाधारणलाइ वित्तिय सेवा ५० प्रतिशत निःशुल्क गर्नु पर्ने, हालको असहज अवस्थाका कारण कर्जाहरुको पूनःसंरचना र पून तालीकरण गर्न पाउने पर्ने तथा संस्थागत व्याजदर बचत व्याजसम्म कायम हुनुपर्ने माग समितिले राखेको छ।
स्प्रेड दर बढीमा २ प्रतिशत र आधार दर बेस रेट गणना तरीका सार्वजनिक गरिनुपर्ने माग पनि समितिले राखेको छ ।