२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

स्वरोजगार कोषद्वारा झन्डै १३ अर्ब खर्च

1092 Shares
Spread the love

काठमाडौं। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आर्थिक रूपमा विपन्न युवाहरूलाई रोजगारीको अवसर सृजना गर्न भन्दै अहिलेसम्म १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार रूपैयाँ खर्च गरेको छ ।

कोषको १४ औं स्थापना दिवस अवसरमा शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले विभिन्न व्यक्ति तथा जातजातिअनुसारको व्यासायिक खेती सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा प्रतिव्यक्ति २ लाखसम्म आवधिक ऋण उपलब्ध गाराई आर्जनमा लगाइएको जनाएका हुन् ।

४ अर्ब २४ करोड ६५ लाख ७ हजार ६ सय ७५ रकम लगानीमा रहेको, ३ अर्ब ८३ करोड ८ लाख ८६ हजार ७ सय ८२ रकम विपन्न वर्गले कर्जा प्राप्त गरेको, ८० करोड १८ लाख ८२ हजार ६ सय ९१ रूपैयाँ सञ्चित रकम रहेको जानकारी दिँदै अधिकारीले मुलुकभित्र २ हजार ६ सय ५७ सहकारी र बैंक तथा वित्तीय संस्था ४० वटा रहेको जनाए ।

कोषले अहिलेसम्म ९५ हजार १ सय ६१ जनालाई स्वरोजगार सृजना गरेको कोषको तथ्यांकले बताएको छ । जसमा ४२ हजार ५ सय ६३ जनालाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ भने व्यवसायी संख्या ८ हजार ४ सय ४० जनालाई सिपमूलक तालिम प्रदान गरिएको तथ्यांकले उल्लेख गरिएको छ । ब्याज अनुदान वितरण गरिएको संख्या १४ हजार ६२ रहेको र ब्याज अनुदान भुक्तानी भएको रकम १४ करोड ५८ लाख ५५ हजार ३ सय ५४ रहेको छ ।

हालसम्म कर्जा व्यवस्थापन शुल्क भुक्तानी वितरण गरिएको व्यवसायी संख्या २२ हजार ३ सय ४४ जना रहेको शुक्रबार कोषको वार्षिक उत्सवमा खुलासा गरिएको थियो । त्यस्तै स्वरोजगार बिमा गरिएको व्यवसायी ७० हजार ८ सय ४५ जना, बिमा क्षतिपूर्ति उपलब्ध गराइएका व्यवसायी १ हजार १ सय ५६ जना, बिमा क्षतिपूर्ति उपलब्ध गराइएको रकम ६ करोड ९६ लाख ९० हजार ५ सय १ रहेको र लगानी भएको जिल्ला ७५ वटा भएको उनले बताए । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया