२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

जापानमा श्रमिक पठाउन पहल गर्दै सरकार, परराष्ट्रमन्त्रीको जापान भ्रमणमा यसबारे छलफल हुने

930 Shares
Spread the love

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान भ्रमणमा जाने भएका छन् । उनी समकक्षी तारो कोनोको मैत्रीपूर्ण निमन्त्रणा पाँच दिने औपचारिक भ्रमणका लागि  मंसीर १ गते शनिबार जापान जान लागेका हुन् ।

बुधबार परराष्ट्र मन्त्रालयका पत्रकार सम्मेलन गरी मन्त्री ज्ञवालीले आफूले जापानको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराए । जापान नेपालको मुख्य दाता राष्ट्रमध्ये एक हो । मन्त्री ज्ञवालीले लगानीको थप वातावरण बनाउने विषयमा आफ्नो भ्रमण केन्द्रित हुने पनि बताए ।

भ्रमणका क्रमममा जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन पनि पहल गरिने मन्त्री ज्ञवालीले बताए । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको उनको भनाई छ। उनले जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारी दिलाउनेबारे छलफल हुने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जापान भ्रमणबाट नेपालको पूर्वाधार विकास, जलविद्युत क्षेत्रको विकास र कृषिलाई आधुनिकीकरण गराउन थप लगानीको वातावरण बन्ने विश्वास पनि व्यक्त गरे । जापानले नेपालको पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ ।

मंसीर १ गतेदेखि ५ गतेसम्म जापानको भ्रमणपछि मन्त्री ज्ञवालीले फर्कने क्रममा थाईल्यान्डमा रहेका प्रवासी नेपालीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया