विश्वभर चर्चामा आएको र युट्युपमा रेर्कड ब्रेक भएको गीत गङनम स्टाइल गीतको बारेमा थाहा नभएका को नै छन् होला । सोही गीतका लोकप्रिय एवं चर्चित गायक पीएसवाई (पार्क जेई साङ) नेपाल आउने भएका छन् । ।नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ बर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको ‘पीएसवाई विथ के-पप लाइभ इन नेपाल’ मा सहभागी हुनको लागि उनी नेपाल आउँने कार्यक्रम तय भएको हो ।
साउथ कोरियन गायक, र्यापर, रचनाकार समेत रहेका पीएसवाईले कार्यक्रममा सांगेतिक प्रस्तुती पनि दिनेछन् । स्टेजमा आफनो हाँस्य प्रस्तुती र गीतबाट कोरियामा लोकप्रिय बनेका उनलाई गङनम स्टाइल गीतले भने विश्वभरबाट चर्चा दिएको थियो । १५ जुलाई २०१२मा सार्वजनिक भएको उक्त गीतको भिडियो २१ डिसेम्बर २०१२मा आएर यूट्युबको इतिहासमै पहिलोपटक एक अर्ब भ्युज बनाउन सफल भयो ।

हाल उक्त भिडियोको भ्युज तीन अर्ब भन्दा बढी पुगिसकेको छ । उनको गीतमा विश्वका ठुला ठुला राजनितीज्ञहरुले समेत कम्मर मकाईसकेका छन् । उक्त कन्सर्ट डिसेम्बर १५ तारिक खुमलटार, सातदोबाटो स्थित रेडियो नेपालको ग्राउण्डमा हुनेछ ।

कार्यक्रममा २०१२मा ‘वारियर’ एल्बम मार्फत साउथ कोरियन म्युजिकमा डेब्यु गरेका बिएपी ब्यान्ड , अक्टोबर ५ तारिक २०१६मा पहिलो एल्बम ‘फिलिङ सेन्सेसन’ मार्फत डेब्यु गरेका साउथ कोरियन केटाहरुको डान्स ग्रुप एसएफनाइन ,साउथ कोरियन युवतीहरुको ग्रुप एओए जहाँ ६ जना युवतीहरुको समुह रहेको छ उनीहरुको पनि प्रस्तुती रहनेछ ।

यसैगरी एमएलडी इन्टरटेनमेन्टले रियालिटी शोको मार्फत २०१६मा सुरु भएको साउथ कोरियन युवतीहरुको ग्रुप मोमोल्यान्ड जसले बुम बुम, वेलकम टु मोमोल्याण्ड, फन टु द वर्ल्ड, ग्रेट, फ्रिज लगायतका एल्बम सार्वजनिक गरिसकेका छन् , एसिया ब्रिज इन्टरटेनमेन्टले २०१४मा स्थापित भएको बेरी गुड २०१४मै ‘सिंगल लभ लेटर’मार्फत डेब्यु गरेका थिए ।

२०१४मा ‘इयर अट्याक’ गीत मार्फत डेब्यु गरेका युवतीहरुको समुह बड्किजको धमाकेदार प्रस्तुती रहने भएको छ । सो कार्यक्रममा पछिल्लो समय मन मगन गीतबाट झनै लोकप्रियता कमाएका गायक दिपक बज्रचार्य र उनको टिमले प्रस्तुती दिने भएका छन् । पछिल्लो समय नेपालमा अन्तराष्ट्रिय कलाकारहरुको उपस्थित निकै हुने गरेका छन् ।

ब्रायन एडम्स, भारतीय चर्चित गायक मोहित चौहान, र्यापर वादशाह , आतिफ अस्लम , विभिन्न कभर गीतका गायकहरुले नेपालमा आफनो प्रस्तुती दिईसकेका छन् । तर पीएसवाईको कन्सर्ट हुने खबरले भने यतिबेला धेरैलाई खुसी तुल्याएको छ ।

