२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

प्रकाश बुढाथोकी मनाङमा

1780 Shares
Spread the love

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य प्रकाश बुढाथोकी ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबमा आबद्द भएका छन् । प्रकासले सोमबार मनाङसंग अनुबन्ध सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रकाशले आफ्नो फेसबुक पेजबाट मनाङमा आबद्द भएको बताएका छन् । उनले पेजमा लेखेका छन्, ‘आधिकारिक रुपमा मनाङसंग सम्झौता गरेको छु ।’

मनाङले राजधानीमा जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्येनजर गर्दै प्रकासलाई अनुबन्ध गरेको हो । पहिलो चरणको खेल सकिदा मनाङले ३ अंक जोडेको छ ।

ललितपुरे क्लब थ्री स्टारका पुर्व स्ट्राइकर समेत रहेका प्रकाश पछिल्लो समय भुटानको राष्ट्रिय लिगमा व्यस्त रहेका थिए । भुटानको लिगमा प्रकासले पारो एफसीबाट खेलेका थिए ।

नेपालले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्दा प्रकास टिमका महत्वपूर्ण खेलाडी रहेका थिए । सागको फाइनलमा भारतविरुद्ध प्रकाशले फ्रिकिकबाट उत्कृष्ट गोल गरेका थिए ।

प्रकाशले राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिप, एसियन गेम्स लगायतमा प्रतिनिधि गरिसकेका छन् । हाल भने प्रकास टोलीमा परेका छैनन् ।

प्रतिक्रिया