२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

दीर्घराज सोडारी साधारण सदस्य नरहने गरी नेकपाबाट निस्कासित

2232 Shares
Spread the love

काठमाडौं – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट पदमुक्त गरिएका दीर्घराज सोडारीलाई नेपाल कम्युनिष्ट पार्टीले समेत कारबाही गरेको छ। नेकपाको आज बसेको प्रदेश कमिटी बैठकले सोडारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको हो।

नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सोडारी पार्टीको मर्म बिपरित चलेकाले कारवाही गरिएको जानकारी दिए। सोडारीको कार्यशैली सन्तोषजनक नभएको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेकपाले जनाएको छ।

प्रतिक्रिया