1033
Shares
कार्तिक २७ – रोकिएर राखिएको जहाजलाई भ्यानले ठक्कर दिएपछि नेपाल एयरलाइन्सले छानविन समिति गठन गरेको छ। कार्तिक २३ गते राती ९ बजेको समयमा रोकिराखेको ट्विनटर जहाजलाई भ्यानले ठक्कर दिएको थियो ।
उक्त घटनाको सत्यतथ्य अवस्था पत्ता लगाउन एयरलाइन्स व्यवस्थापनले १५ दिनको समय दिएर ३ सदस्यीय समिति गठन गरेको छन। ‘नाइ एन एबीटी’ दर्ता नम्बरको उक्त जहाजको मर्मत सुरु भइसकेको र तीन दिनभित्र मर्मत सकिने प्राविधिकहरुले जानकारी दिएको प्रवक्ता अशोक सिग्देलले बताए ।
आन्तरिक उडानमा नियमित उडीरहेको उक्त जहाज विग्रिएपछि एयरलाइन्सका उडान प्रभावित भएका छन्।भ्यान चलाउने वा जहाजको व्यवस्थापन गर्ने मध्य कसको लापरवाही हो अनुसन्धान गरी कारवाही गरिने एयरलाइन्सले बताएको छ ।