२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेविसंघ असन्तुष्ट पक्षद्वारा महाधिवेशन तत्काल गराउन माग

1421 Shares
Spread the love

काठमाडौं। नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले १२ औं महाधिवेशन हुने सुनिश्चित वातावरण निर्माण गर्न माग गर्दै पार्टी नेतृत्वलाई दवाव दिएको छ।

गत कार्तिक १६ गतेदेखि काठमाडौंमा हुने भनिएको १२ औं महाधिवेशनपनि पछि सरेपछि महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको असन्तुष्ट पक्षले महाधिवेशनको सुनिश्चित गराउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएको हो। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महामन्त्री काफ्लेले विधानसम्मत ढंगले पार्टीको महाधिवेशन गराउन माग गर्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउनु परेको बताए।

उनले संस्थापन पक्षले नेतृत्व कब्जा गर्न विधान विपरितका गतिविधि गरेको भन्दै त्यसलाई रोक्न पनि पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराए। असन्तुष्ट पक्षले तत्काल महाधिवेशन सुनिश्चित हुने वातावरण नबनाए पार्टी नेतृत्वविरुद्ध नै सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ।

असन्तुष्ट पक्षले नेतृत्वका लागि ३२ वर्षको उमेरहद तोक्ने पार्टीको निर्णयप्रति पनि आपत्ति जनाउँदै आएको छ। महामन्त्री काफ्लेले पार्टी नेतृत्वले संघको स्वायत्त अधिकारमाथि हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गरे।

प्रतिक्रिया