नेपाल आइडल सिजन वानबाट सबैको प्रशंसा र माया बटुलेकी दृष्टी बिहीन प्रतिष्पर्धी मेनुका पौडेल यतिबेला भारतीय सिंगिङ रियालिटी शो “सारेगमप” मा दर्शकहरुको मन जितिरहेकीछिन् । नेपालबाट एकमात्र प्रतिष्पर्धीको रुपमा छानिएकी मेनुकाले यतिबेला टप १५ मा रहेर प्रतिष्पर्धा गरिरहेकीछिन् ।
अहिलेसम्म मेनुकाले ३ वटा प्रस्तुती दिईसकेकीछिन् । जसमा उनले जजहरुबाट खुबै प्रशंसा बटुलिन् । हिजो प्रसारण भएको कार्यक्रममा पनि मेनुकाले जज , जुरी मेम्बरहरुबाट स्ट्याण्डिङ ओभिसन पाएकीछिन् । ‘सावरिया’ फिल्मको “थोडी बदमास हौ तुम” बोलको गीतमा उनलाई जुरी मेम्बर सुमेधाले साथ दिएकी थिईन् ।

कार्यक्रममा उपस्थित चर्चित एवं लोकप्रिय गायक बप्पी लेहरीको पनि उपस्थिती थियो । उनले पनि मेनुकालाई स्ट्याण्डिङ ओभिएसन दिँदै उनको गायिकीको प्रशंसा गरे । मेनुका भारतीय रियालिटी शोमा सहभागी भएपछि भने यसलाई सम्पुर्ण नेपालीहरुले गर्वको रुपमा लिएका छन् भने नेपालमा पुन एकपटक उनको चर्चा पनि चुलिएको छ ।
मेनुका चर्चित संगितकार शेखर रबजानीयाको टिममा पर्न सफल भएकीछिन् । जहाँ उनलाई चुनौती बन्न सक्छिन् मणिपुरकी अर्की दृष्टीबिहिन प्रतिष्पर्धी मन्दिाकिनी ।नेपाल आइडलबाट अपेक्षितरुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगेतिक प्रस्तुतीलाई रोकिनन् । त्यस समयता उनले पाश्र्व गायनसंगै केही सुमग गीतहरु गाईन् ।
सुमधुर स्वर, नम्र अनि मिजासिलो बोली, संगीत प्रतिको लगाव मेनुकाका व्यक्तित्व हो । एक मन्दिरमा भजन गाउँदै गरेको अवस्थामा उनको स्वरबाट प्रभावित भई काठमाडौँमा स्थाई बासिन्दा रहेका एक परिवारले उनलाई धर्म छोरी बनाएर राखेका छन् ।उनै धर्म आमा बाबुको साथ सहयोग नै उनको साङ्गीतिक यात्रा अगाडी बढ्ने माध्यम बन्यो । उनले छोटो समयमा पाएको चर्चाले उनको शारीरिक अशक्ततालाई बिर्साएको थियो ।