२०८०, ४ आश्विन बिहीबार
×

ट्रेन्डिङ

जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्छः एन्टोनियो गुटेरेस

2128 Shares

एजेन्सी । जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार इजिप्टमा आयोजित ग्लोबल वार्मिङलाई नियन्त्रण गर्ने विषयमा जारी कार्यक्रममा विश्वका नेताहरू माझ आफ्नो सो धारणा राखेका हुन् ।

कोभिड महामारीको प्रकोप र युक्रेन–रूसको युद्धबाट सङ्कटग्रस्त विश्व अर्थतन्त्र र यसका असरबारे टिप्पणी गर्दै महासचिवले यस्ता घटनाक्रमले अन्तरराष्ट्रिय सम्बन्ध नै दबाबमा परेको समेत टिप्पणी गरेका छन् ।

“मानवतासँग विकल्प छः सहयोग गर्नुहोस् वा नष्ट गर्नुहोस्,“ महासचिवले शर्म अल–शिकको रेड सी रिसोर्टमा आयोजित संयुक्त राष्ट्रसंघ कोप२७ शिखर सम्मेलनमा सो कुरा बताएका हुन् । “यो या त जलवायु एकता सम्झौता हो, वा सामूहिक आत्महत्या सम्झौता हो“, उनले भने ।

गुटेरेसले धनी देशहरू र उदीयमान अर्थतन्त्रहरू बीचको “ऐतिहासिक“ सम्झौताको लागि आह्वान गर्दै जसले उत्सर्जन घटाउने र तापक्रम वृद्धिलाई पूर्व–औद्योगिक युग भन्दा माथि १.५ डिग्री सेल्सियसको पेरिस सम्झौता लक्ष्यलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

उनले चेतावनी दिदै हालको प्रक्षेपणमा, “हामी हाम्रो खुट्टा अझै एक्सेलेटरमा रहेको नरकको मौसमको राजमार्गमा छौं“ भनेका छन् ।

प्रतिक्रिया