२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको भाइटीका (फोटोफिचर)

2100 Shares
Spread the love

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाए।

टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै उनीहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए।

प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे। हेर्नुस् तस्बिर।

तस्बिर : रासस

प्रतिक्रिया