२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

चेल्सी नकआउट चरणमा

1157 Shares
Spread the love

एजेन्सी । इंग्लिश क्लब चेल्सी युईएफए युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

युरोपा लिग अन्तर्गत बिहिबार राति समूह चरणको चौथो खेलमा बाटे बोरिसोभलाई १ – ० ले हराएर चेल्सीले अन्तिम ३२ को यात्रा तय गरेको हो ।

बोरिसोभको भ्रमणमा निस्किएको चेल्सीका ओलिभर जिरुड नायक बने । जिरुडले निर्णायक गोल गरेपछि चेल्सीले दुई खेल अगावै नकआउट चरणमा पुगेको हो ।

घरेलु टोलीले पहिलो हाफ गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा जिरुड चम्किएका थिए । उनले खेलको ५२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई १ – ० को जित दिलाए । जिरुडले गत मे महिनापछि चेल्सीका लागि पहिलो गोल गरेका हुन् ।

जितसंगै समूह ‘एल’ चेल्सीले ४ खेलबाट ४ जितसहिअत १२ अंक जोडेर नकआउट चरणमा स्थान बनायो । चेल्सीले सन् २०१२ पछि पहिलोपटक युरोपा लिगमा ४ खेलमा लगातार जित निकालेको हो ।

पराजित बोरिसोभको ३ अंक जोडेर पुछारमा छ ।

यसै समूहको अर्को खेलमा भिडी एफसीले थेसालोन्की एफसीलाई १ – ० ले नै हराएको छ । दोस्रो स्थानमा रहेको भिडीको ६ अंक छ भने  थेसालोन्कीको ३ अंक छ ।

प्रतिक्रिया