२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

अमेरिका: शरण खोज्ने आप्रवासीविरुद्ध कडाइ

1016 Shares
Spread the love

एजेन्सी । अमेरिकामा ट्रम्प प्रशासनले भनेको छ उसको दक्षिणी सीमाबाट देशभित्र पस्ने गैरकानुनी आप्रवासीहरू नयाँ नियम अनुसार शरणार्थी बन्न अयोग्य हुनेछन्।

होमल्याण्ड सेक्युरिटि डिपार्टमेन्टले घोषणा गरेको नियम बमोजिम प्रवेशमा राष्ट्रपतीय निर्देशानुसार लगाइएको निषेध उल्लंघन गर्नेलाई शरण मिल्ने छैन।

जारी गरिएको एक वक्तव्यमा राष्ट्रपतिले राष्ट्रिय स्वार्थमा आप्रवासन रोक्न सक्ने भनिएको छ।

हालै सम्पन्न संसदीय निर्वाचनमा आप्रवासन राष्ट्रपति डोनल्ड ट्रम्पको मुख्य मुद्दा बनेको थियो।

मेक्सिको हुँदै मध्यअमेरिकी देशहरूबाट अमेरिका आउन लागेका आप्रवासीहरूको लस्करलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले सीमामा तिनलाई रोक्न सेना खटाएका थिए।

त्यो लस्करलाई उनले अतिक्रमणको संज्ञा समेत दिए।

बिहीवार कार्यवाहक महान्यायाधिवक्ता म्याथ्यु ह्वीटेकर तथा होमल्याण्ड सेक्युरिटी प्रमुख कर्स्टन नेल्सनले इन्टरिम फाइनल रुल नामक सो नियमको घोषणा गरेका थिए।

जसअनुसार यदि राष्ट्रपतिले मेक्सिकोसँगको सीमाबाट अमेरिका प्रवेश निषेध गरे भने त्यहाँबाट अमेरिका पस्नेहरू शरण माग्न अयोग्य हुनेछन्।

नयाँ नियम
सो नियम भूतप्रभावी हुनेछैन वा पुराना केसमा भने लागू हुनेछैन।

तर सो नियमविरुद्ध अदालतमा मुद्दा चल्न सक्ने बताइएको छ।

अमेरिकी नागरिक अधिकार समूह सीभिल लिबर्टिज युनियनले उक्त नियमलाई अवैधानिक भनेको छ।

प्रतिक्रिया